[t4b-ticker]
Friday, April 17, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

    आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

    आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन : म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

    संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

    सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

नेपालबाट ६ महिनामा बाहिरियो झन्डै सात अर्ब

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २६, २०८२ मा प्रकाशित
✅ समाचार
नेपालबाट ६ महिनामा बाहिरियो झन्डै सात अर्ब
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । राष्ट्र बैंकको तथ्यांकनुसार चालू आवको पुस मसान्तसम्म ६ अर्ब ९८ करोड २६ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । चालू आर्थिक वर्ष ०८२–८३ को पहिलो ६ महिनामा नेपालबाट औपचारिक माध्यमबाट बाहिरिने रेमिट्यान्स ५२.६६ प्रतिशतले बढेको हो ।
गत आवको पहिलो ६ महिनामा नेपालबाट चार अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको थियो । नेपालमा विदेशी कामदारको संख्या बढ्न थालेपछि बाहिरिने रेमिट्यान्स पनि बढ्न थालेको हो । अघिल्लो आव ०८०र८१ सम्म नेपालबाट बाहिरिने रेमिट्यान्स बढ्न सकेको थिएन । कोरोना र त्यसपछिको आर्थिक शिथिलताले नेपालबाट बाहिरिने रेमिट्यान्स बढ्न सकेको थिएन । गत आवदेखि भने नेपालबाट बाहिरिने रेमिट्यान्स पनि बढ्न थालेको हो ।

वैदेशिक रोजगारीबाट नेपालमा उच्च मात्रामा रेमिट्यान्स भित्रिन्छ । चालू आवको ६ महिनामा रेमिट्यान्स आप्रवाह ३९ प्रतिशतले बढेको छ । गत आवको ६ महिनामा सात खर्ब ६४ अर्ब ३० करोड ८० लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालू आवमा ६ महिनामा भने १० खर्ब ६२ अर्ब ९२ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपालमा रेमिट्यान्स आप्रवाह उच्चदरमा बढ्दै आएको छ । नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको उच्च योगदान छ । तर, यही देशबाट बाहिरिने रेमिट्यान्स पनि बढ्न थालेको छ । यद्यपि, त्यो रकमका आधारमा कम छ ।

याे पनिपढ्नुहाेस्

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

नेपालमा रोजगारीका लागि आएका विदेशी कामदारले आफ्नो यहाँ बुझेको पारिश्रमिक आफ्नो मुलुकमा रेमिट्यान्स पठाएका हुन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकअनुसार हालसम्म २२ हजार चार सय ३९ जना विदेशी कामदारले श्रम इजाजत लिएका छन् । नेपालमा काम गर्न आउने विदेशी कामदारले आफूले कमाएको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन पाउने व्यवस्था छ । विदेशी कामदारले आफूले कमाएको २५ प्रतिशत रकम नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ ।
नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनी, जलविद्युत् आयोजना, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीमा विदेशी कर्मचारी पनि कार्यरत छन् । विशेष गरी विदेशी लगानीका कम्पनी, आयोजना, बैंक, बिमा कम्पनीमा विदेशी कर्मचारीको संख्या बढी छ । जलविद्युत् तथा पूर्वाधार आयोजनामा विदेशबाट प्राविधिक कामदार बढी आउने गर्छन् । उनीहरूले नेपालमा कमाउने पैसा रेमिट्यान्समार्फत आफ्नो देश पठाउने गर्छन् ।

अहिले डाबर नेपाल, युनिलिभर नेपाल, स्ट्यान्डर्ड चार्टर्ड बैंक, मेट लाइफ इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, एलआइसी नेपाल, दी ओरियन्टल इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्सजस्ता कम्पनीमा विदेशी कर्मचारी पनि कार्यरत छन् । यसैगरी, नागढुंगा सुरुङमार्गमा जापानिज, सिद्धबाबा सुरुङमा पनि चिनियाँ, दुई सय १६ मेगावाटको त्रिशूली जलविद्युत्मा कोरियाबाट कर्मचारी ल्याइएको छ । यी त प्रतिनिधि उदाहरण मात्रै हुन्, नेपालमा विभिन्न कम्पनी तथा परियोजनामा विदेशी कामदार छन् ।

विदेशी लगानीका कम्पनी तथा परियोजनाले आफ्नै कर्मचारी ल्याएर पनि आउँछन् । स्वदेशी कम्पनीले भने नेपालमा उपलब्ध नहुने सिप क्षमताका कर्मचारी विदेशबाट ल्याउने गर्छन् । यद्यपि, राष्ट्र बैंकको यस तथ्यांकमा अनौपचारिक माध्यमबाट जाने रेमिट्यान्स भने समावेश छैन । नेपालमा थुप्रै भारतीय नागरिक आएर श्रम इजाजत नलिई अनौपचारिक क्षेत्रमा काम गर्दै आएका छन् । उनीहरूले कमाएको पैसा भने औपचारिक रूपमा लैजान पाउँदैनन् ।

उनीहरूले कमाएको पैसा सीमा क्षेत्रमा सटही गरेर नगद नै आफ्नो देश लैजाने गर्छन्, जुन तथ्यांक यसमा समावेश छैन । साथै, त्यसबापत कति रकम जान्छ भनेर कुनै अध्ययन पनि छैन । यद्यपि, अमेरिकाको पिउ रिसर्च सेन्टरले सन् २०१७ मा विश्वमा रेमिट्यान्स आप्रवाहबारे एक अध्ययन गरेको थियो । सो अध्ययनले भारतबाट करिब एक अर्ब अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्रिने देखाएको थियो । त्यस्तै, नेपालबाट भने तीन अर्ब अमेरिकी डलर रेमिट्यान्स भारत जाने प्रतिवेदनमा उल्लेख थियो ।

साढे पाँच वर्षमा बाहिरियो ४४ अर्ब ५२ करोड रेमिट्यान्स
राष्ट्र बैंकको आँकडाअनुसार पछिल्लो साढे पाँच वर्षमा नेपालबाट ४४ अर्ब ५२ करोड ५५ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । आव ०७७–७८ मा ६ अर्ब एक करोड ८५ लाख रुपैयाँ, आव ०७८–७९ मा सात अर्ब ६७ करोड ९१ लाख रुपैयाँ, आव ०७९–८० मा ६ अर्ब ६१ करोड २८ लाख रुपैयाँ, आव ०८०–८१ मा ६ अर्ब ६ करोड दुई लाख रुपैयाँ र गत आव ११ अर्ब १७ करोड २३ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । गत आवमा बाहिरिएको रेमिट्यान्स हालसम्मकै उच्च हो । चालू आवको ६ महिनामा भने ६ अर्ब ९८ करोड २६ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ ।

सम्बन्धित-समाचार

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ
काेशी

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र...

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो
समाचार

इटहरी । आज आमाको मुख हेरेर मातातीर्थ औँसी पर्व मनाइँदेछ। प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान...

आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

बैशाख ४, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन : म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

बैशाख ४, २०८३ मा प्रकाशित
संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

बैशाख ४, २०८३ मा प्रकाशित
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

बैशाख ३, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ
काेशी

स्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँसहित विराटनगरबाट भारतीय युवक पक्राउ

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। सशस्त्र...

अरु पढ्नुहाेस्...
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भक्तजनको घुइँचो

बैशाख ४, २०८३ मा प्रकाशित
आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

बैशाख ४, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

मातातीर्थ औँसीमा शुभकामना दिँदै प्रधानमन्त्री बालेन : म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

बैशाख ४, २०८३ मा प्रकाशित
संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

संसद्का १२ वटा समितिले आज पाउँदैछन् सभापति

बैशाख ४, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    321 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    325 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    81 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    74 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    70 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    74 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष