[t4b-ticker]
Friday, April 17, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

    रास्वपाका मन्त्रीले १८ हजार र सांसदले साढे १६ हजार लेबी बुझाउनुपर्ने

    रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

    संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक कुमार चौधरी

    गुण्डागर्दी आरोपमा पक्राउ परेका युवा संघका नेतासहित १६ जना धरौटीमा रिहा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

एमालेमा प्रतिशोधको राजनीति : यसअघि चुनाव जितेका १३ नेताले पाएनन् टिकट

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ ४, २०८२ मा प्रकाशित
✅ राजनीति
एमालेमा प्रतिशोधको राजनीति : यसअघि चुनाव जितेका १३ नेताले पाएनन् टिकट
19
SHARES
Share on FacebookShare on Twitter
इटहरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा आफूविरुद्ध खडा भएका र प्रश्न गर्ने नेताहरुलाई प्रतिशोध साधेका छन् । १४१ क्षेत्रका उम्मेदवारको टुंगो लाग्दा नेकपा (एमाले) को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल खेमाबाट २ जनाले मात्रै टिकट पाएका छन् भने यसअघि चुनाव जितेका १३ जनाको टिकट खोसिएको छ ।

यसअघि निर्वाचन जितेका उपमहासचिव जितेका योगेश भट्टराई र गोकुल बाँस्कोटाको टिकट होल्डमा परेको छ । बाँस्कोटाको काभ्रे-२ बाट एकल सिफारिस भएको थियो । गत पुस २१ गते बसेको एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठकले बाँस्कोटाको नाम मात्र सिफारिस गर्ने निर्णय गरेको थियो। उनी यसअघिको निर्वाचनमा गठबन्धन विरुद्ध ४५ हजार ३४५ मत ल्याएर काभ्रे–२ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

नेता ठाकुर गैरेको टिकट खोसिएको छ । यसअघि गठबन्धनलाई पराजित गर्दै गैरे पाल्पा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन् । गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्‍याएका थिए ।

रुपन्देही–२ बाट चुनाव लड्दै आएका एमाले उपाध्यक्ष विष्णु पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गर्दै पाल्पा–२ को टिकट लिएका छन् । शनिबार च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पौडेलको निर्वाचन क्षेत्र सार्नुपर्ने आवश्यकता परेको तर्क गरेका थिए ।

इलाम क्षेत्र नम्बर एककमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै विजयी महेश बस्नेतको पनि टिकट खोसिएको छ । इलाम–१ बाट खनाल २ हजार ९५७ मतान्तरले बस्नेतसँग पराजित भएका थिए । बस्नेतको ठाउँमा काजीमान कागतले पाएका छन् । काठमाडौं क्षेत्र नम्बर ९ बाट विजयी कृष्णगोपाल श्रेष्ठको पनि टिकट होल्डमा छ । श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाएका थिए ।

झापा ४ बाट दुई दुई पटक जितेका एलपी साँवा लिम्बुको पनि टिकट खोसिएको छ । उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराएका थिए । झापा ४ मा अखिलका पूर्व सचिव मनोज ताम्लीले पाएका छन् ।

पूर्व रक्षामन्त्री तथा केन्द्रीय सदस्य मानवीर राईको पनि टिकट खोसिएको छ । उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरेका थिए । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाएका थिए । राईको ठाउँमा जिल्ला कमिटीका उपसचिव कल्पना राईले टिकट हात पारेकी छिन् ।

यसैगरी तारा लामाको टिकट खोसिएको छ । लामाले कञ्चनपुर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की बिना मगरलाई पाँच हजार ५४२ मत अन्तरले पराजित गरेका थिए। तामाङले २४ हजार ८९२ मत र मगरले १९ हजार ३४४ मत प्राप्त गरेका छन्। उनका ठाउँमा कमला बोहराले टिकट पाएका छन् ।

यसैगरी कास्कीको क्षेत्र नम्बर १ बाट मनबहादुर गुरुङको टिकट खोसिएको छ ।गुरूङले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका थिए । एमालेका गुरुङले २५ हजार ७९८ मत ल्याउँदा कांग्रेसका बरालले २३ हजार १८९ मत ल्याएका थिए । उनको ठाउँमा बैणबहादुर क्षेत्रीलाई टिकट दिइएको छ ।

कपिलवस्तु क्षेत्र नम्बर ३ मा निर्वाचित मंगलप्रसाद गुप्‍ताले टिकट पाएनन् । उनले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई साढे तीन हजारभन्दा बढीको मतान्तरले हराएका थिए । गुप्ताले २२ हजार ६ सय १९ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए ।

सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित रामशंकर यादवको पनि टिकट खोसिएको छ । यादव २०८३ मतले नेपाली कांंग्रेसका पद्मनारायण चौधरीलाइ पराजित गर्दै विजयी भएका हुन्। यादव २९४६२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी चौधरीले २७३७९ मत ल्याएका थिए ।यसैगरी यसअघि जितेका भीमप्रसाद आचार्य र राजकुमार गुप्तालाई भने भ्रष्टाचार मुद्दाले समस्यामा पारेको हो, भने विद्या भट्टराईले भने चुनाव लड्न रुची देखाइनन् ।

याे पनिपढ्नुहाेस्

रास्वपाले बोलायो संसदीय दलको बैठक

पूर्णबहादुर खड्काबारे निर्णय गर्न आज कांग्रेसको अनुशासन समिति बैठक बस्दै

सम्बन्धित-समाचार

रास्वपाले बोलायो संसदीय दलको बैठक
राजनीति

रास्वपाले बोलायो संसदीय दलको बैठक

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे...

बैठक सारेपछि पूर्णबहादुरले भने : जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, सारिरहन्छु
राजनीति

पूर्णबहादुर खड्काबारे निर्णय गर्न आज कांग्रेसको अनुशासन समिति बैठक बस्दै

✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
0

इटहरी ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (बुधबार) बस्दै छ।आज दिउँसो २ बजे केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बस्ने...

सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

चैत्र ३०, २०८२ मा प्रकाशित
किशोरीहरूमाथि ‘साइबर बुलिङ’ भएको भन्दै झाँक्री र अर्यालसहित एमालेका १८ महिला सांसदले दिए साइबर ब्युरोमा उजुरी

चैत्र २४, २०८२ मा प्रकाशित
उपराष्ट्रपति यादव अस्वस्थ, अस्पताल भर्ना

कांग्रेस विशेष महाधिवेशन : उमेदवारी मनोनयन आज

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनको तयारी

चैत्र २३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ
समाचार

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

✍ सूचना पाेर्टल
बैशाख ३, २०८३ मा प्रकाशित
0

इटहरी । सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले...

अरु पढ्नुहाेस्...
रास्वपाका मन्त्रीले १८ हजार र सांसदले साढे १६ हजार लेबी बुझाउनुपर्ने

रास्वपाका मन्त्रीले १८ हजार र सांसदले साढे १६ हजार लेबी बुझाउनुपर्ने

बैशाख ३, २०८३ मा प्रकाशित
एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ

एक सय रुपैयाँको सामान ल्याउँदा पनि पूर्वी नाकामा कडाइ

बैशाख ३, २०८३ मा प्रकाशित
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

बैशाख ३, २०८३ मा प्रकाशित
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी

संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी

बैशाख ३, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    321 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    325 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    80 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    74 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    70 shares
    Share 28 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    74 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष