बेलायतमा सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइँदै, संक्रमणसँगै बाँच्ने सरकारको रणनीति
- माघ २७, २०७८ मा प्रकाशित
लन्डन: कम्तिमा दुई साताभित्र बेलायतमा बाँकी सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले संसदमा यस्तो जानाकारी दिएका हुन् । कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको प्रधानमन्त्री जोनसनले बताए ।
परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफै आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा समाप्त हुँदैछ ।
कोभिड संक्रमणका घटना कमी हुँदै गएको र विज्ञहरुले सावधानी दर्शाए विपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि सरकारले सबै प्रतिबन्ध हटाउने भएको हो ।
सरकारको तथ्यांकअनुसार पछिल्लो मंगलबार बेलायतमा ६६ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो साताको तुलनामा ४१ दशमलब १ प्रतिशतले कमी हो । १० दिनअघिसम्म बेलायतमा दैनिक संक्रमितको संख्या एक लाख थियो । -एजेन्सी
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments