•  ३ पुष २०८१, बुधबार
  •  11:25:16 AM

विश्व प्रख्यात तबला वादक उस्ताद जाकिर हुसैनको निधन

- पुष १, २०८१ मा प्रकाशित



एजेन्सी । विश्व प्रसिद्ध तबला वादक तथा पद्म विभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । परिवारले सोमबार बिहान उनको निधनबारे पुष्टि गरेको हो । परिवारका अनुसार हुसैन इडियोपैथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए । उनी पछिल्लो दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना थिए । उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

जाकिरको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उस्ताद जाकिर हुसैनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्म विभूषण प्रदान गरिएको थियो । हुसैनले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गरेका थिए । सन् १९७३ मा उनले आफ्नो पहिलो एल्बम ‘लिभिङ इन द मटेरियल वर्ल्ड’ सार्वजनिक गरेका थिए। हुसैनले २००९ मा आफ्नो पहिलो ग्रामी अवार्ड प्राप्त गरे भने २०२४ मा उनले ३ फरक–फरक एल्बमका लागि ३ वटा ग्रामी जिते । यसरी जाकिर हुसैनले कुल ४ वटा ग्रामी अवार्ड जितेका छन् ।

Comments

सम्बन्धित खवर