•  ३ पुष २०८१, बुधबार
  •  4:46:51 PM

गृहमन्त्री लेखकको प्रश्न : रविमाथिको अनुसन्धान कसरी प्रतिशोधपूर्ण र गैरकानुनी भयो ?

- मंसिर ३०, २०८१ मा प्रकाशित



चितवन । गृहमन्त्री रमेश लेखकले कानुनबमोजिम रवि लामिछानेमाथि अनुसन्धान भइरहेको दावी गरेका छन् । आज (आइतबार) प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अनुसन्धान गर्न अदालतबाट म्याद लिइएको र अदालतले पनि कानुनबमोजिम नै म्याद दिएको बताएका छन् । उनले अदालत दिएको म्यादभित्र अनुसन्धान भएको छ भने अनुसन्धान कसरी गैरकानुनी भयो भन्दै प्रश्न समेत गरेका छन् ।

‘उहाँमाथि जुन छानबिन भइरहेको छ त्यो कुनै स्वेच्छाचारी ढंगले, गैरकानुनी ढंगले भइराखेको त छैन, अनुसन्धान कानुन बमोजिम भइरहेको छ,’ उनले भने, ‘अदालतबाट लिएको म्यादभित्रै अनुसन्धान गरिएको छ भने कसरी प्रतिशोधपूर्ण र गैरकानुनी भयो ?’ सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा रहेका छन् ।

Comments

सम्बन्धित खवर