•  २७ मंसिर २०८१, बिहीबार
  •  2:23:22 AM

धराैटी बुझाएर छुटे लगत्तै पुनः पक्राउ परे दुर्गा प्रसाईं

- मंसिर २७, २०८१ मा प्रकाशित



इटहरी । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई पुनः पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ परेका हुन् ।

प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए ।

Comments

सम्बन्धित खवर