•  २७ मंसिर २०८१, बिहीबार
  •  6:39:14 PM

देशभरका पत्रकार चुनावमा व्यस्त : सुनसरीकाे अवस्था के छ ?

- मंसिर २७, २०८१ मा प्रकाशित



इटहरी । निर्वाचनकाे सबै तयारी पुरा भए संगै देशभरका पत्रकारहरू अहिले चुनावी सरगमका कारण व्यस्त देखिएका छन । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि यानीकी शुक्रबार हुने निर्वाचनले उनीहरू ब्यस्त बनेकन हुन । सधैँ अरुका समाचार लेख्ने पत्रकार अहिले आफैँ समाचार बनेर बिभिन्न सञ्चारमाध्यमहरूमा छाइरहेका छन ।

उपत्यकाका पत्रकार मात्र होइन देशभरका सञ्चारकर्मी अहिले चुनावमा व्यस्त छन् । बुद्धिजीवी, विश्लेषक र पत्रकारिताक्षेत्रसँग चासो राख्ने सबैबिच चुनावको चर्चा छ । महासङ्घ केन्द्रीय समितिका पदाधिकारी र विभिन्न क्षेत्र (क्लष्टर)बाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका लागि उमेद्वारहरु समूहमा र एक्लाएक्लै भोट माग्दै हिँडेका छन् । यसै बिच पत्रकार महासंघ सुनसरीमा पनि चुनावी माहाेल तातेकाे छ । भाेली हुने निर्वाचनमा आवस्यक ४१ सिटकालागि ६१ जनाले उम्मेद्वारी दिएका छन ।

जसमा अध्यक्षमा तीन जनाले उम्मेद्वारी दिएका छन । अध्यक्ष पदमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट सन्तोष काफ्लेले उम्मेद्वारी दिएका छन भने प्रेस सेण्टरको समर्थनमा युनियनका बागी उम्मेदवार गणेश निरौलाले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारको रूपमा शेखर जोगीले उम्मेदवारी दिएका छन् ।चौतारी-युनियनको समर्थनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गरिएको छ। उपाध्यक्ष पदका लागि अर्जुन सुवेदी र गोविन्द बस्नेतले उम्मेदवारी दिएका छन्। महिला उपाध्यक्षमा यशोदा सेने र मनिता चाम्लिङले प्रतिस्पर्धा गर्ने भएका छन्।

सचिवमा विनय बाह्रकोटी, तीर्थ कार्की, र खेमराज सापकोटा उम्मेदवार छन्। सह-सचिवमा महेश गुरागाईँ र विकल रेग्मी प्रतिस्पर्धा गर्दैछन्। समावेशी सह-सचिव पदमा वीरेन्द्र साह र मुस्ताक आलम उम्मेदवार बनेका छन्।

कोषाध्यक्ष पदमा विवेक रेग्मी, जमुना श्रेष्ठ, र विक्रान्त श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन । खुल्ला सदस्यमा ११ जना उम्मेदवार छन्, जसमा चन्द्रकला चौधरी, जीवन विष्ट, मो. मिकाइल, रोहित कुलुङ राई, लेखनाथ दंगाल, सुदिप पोखरेल, सुवास खत्री, शिशिर भट्टराई, सबिता पोखरेल, सिंहबहादुर मादेन, र हिरण्यकुमार कार्की समावेश छन्। दलित सदस्यमा विनोद विश्वकर्मा निर्विराेध चयन भएका छन । त्यस्तै महिला सदस्य तर्फ सिमा बस्नेत र मधेसी तर्फ सुरेन्द्र मेहता निर्विराेध चयन भएका छन । त्यस्तै केन्द्रिय पार्सद महिलामा प्रेस चाैतारी सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेल निर्विराेध चयन भएकि छिन ।

केन्द्रीय परिषद् सदस्य पदमा गोपाल दाहाल, बाबुराम सुवेदी, देवेन्द्र कार्की, सुविद् गुरागाईँ, जयकृष्ण यादव, र गणेशप्रसाद तिम्सिना प्रतिस्पर्धी छन्। समावेशी केन्द्रीय परिषद्मा नरबहादुर लिम्बु, श्रीप्रसाद राई, र फुलचन्द मेहता उम्मेदवार बनेका छन्। महिला केन्द्रीय परिषद् सदस्यमा सुभद्रा प्याकुरेलको मात्र उम्मेदवारी छ।

प्रदेश परिषद्का समावेशी सदस्यमा ६ जनाको सिटमा धनकुमार राई, विकाश चाम्लिङ राई, विकी श्रेष्ठ, सोहन श्रेष्ठ, हिमाल राई, र उपेन्द्र चाम्लिङले उम्मेदवारी दिएका छन्। प्रदेश परिषद् सदस्य खुल्ला ७ सिटका लागि ९ जनाको उम्मेदवारी परेको छ। तीमा कमलाकुमारी चौधरी, धिरेन्द्र चौधरी, नवराज विष्ट, पिएमणि भट्टराई, रामकृष्ण खड्का, रुमा रिजाल, विशाल राई, सुनिल चौधरी, र सुमित्रा राई समावेश छन्।

Comments

सम्बन्धित खवर