[t4b-ticker]
Tuesday, May 12, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

आज विश्व बाघ दिवस : नेपालले धान्न सक्ने बाघको संंख्या कति ?

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन १३, २०८२ मा प्रकाशित
✅ समाचार
आज विश्व बाघ दिवस : नेपालले धान्न सक्ने बाघको संंख्या कति ?
32
SHARES
Share on FacebookShare on Twitter

इटहरी । पाटेबाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आज विश्व बाघ दिवस मनाइँदै छ । हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ ।सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो ।

नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संंख्या ३५५ पुगेको छ ।नेपालमा बाघको संंख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् ।

याे पनिपढ्नुहाेस्

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

त्यस्तै कतिपय अवस्थामा बाघको चोरीसिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्नेक्रम पनि बढेको छ ।

बाघको संंख्याको ‘धान्ने क्षमता’ चार सय
वर्तमान अवस्थामा नेपालमा बाघको संंख्याको आवश्यकताका बारेमा बहस सुरु भएको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको संंख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको संंख्याको ‘धान्ने क्षमता’ (क्यारिङ क्यापासिटी) चार सय हाराहारी रहेको बताएका छन् ।

नेपालमा बाघको संंख्याको ‘धान्ने क्षमता’ का बारेमा हाल मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल)लगायत संस्थाले अध्ययन गरिरहेका छन् ।

जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा. भगवानराज दाहालले अध्ययनको प्रारम्भिक प्रतिवेदनले नेपालमा बाघको संंख्या धान्ने क्षमता चार सय हाराहारी रहेको जानकारी दिए । उनले भने, ‘त्यसैले अहिले बाघको संंख्या बढी भयो भन्न मिल्दैन, बरु बाघलाई आफ्नो बासस्थानमा अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसेमैदान बढाउनतर्फ लाग्नु पर्छ ।’

उनले बाघको संंख्याको अनुपातमा हाल संरक्षणको क्षेत्रफल कम नभएको तर्क गर्दै बासस्थानको गुणस्तरीयता बढाउनुपर्नेमा जोड दिए । पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको संंख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।

उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको संंख्या १२१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको संंख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) का निर्देशक तथा बाघ विषयमै विद्यावारिधि गरेका डा. चिरिञ्जीवीप्रसाद पोखरेलले मुलुकको पर्यापर्यटनमा बाघको सबैभन्दा बढी महत्व रहेकोे उल्लेख गरे ।

उनले बाघ निश्चित क्षेत्रफल ओगटेर बस्ने र अर्को भालेसँगको जुधाइ, आहाराको खोजी, जङ्गलभित्रका खोला पोखरी सुक्दा खानेपानीको खोजीलगायत कारण मात्र बासस्थानबाट बाघ जङ्गल बाहिर आउने गरेको बताए ।

मानव–बाघ सहअस्तित्वका कार्यक्रम आवश्यक
‘बाघले आफ्नो आनीबानी परिवर्तन नगर्ने भएकाले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि मानिसले संरक्षित क्षेत्रमा जानेलगायत आनीबानी परिवर्तन गर्नुपर्छ’, निर्देशक डा. पोखरेलले भने, ‘मन्त्रालयसँग मिलेर हामीले बाघ संरक्षणका सवालमा समुदायमा जनचेतना जगाउने र आर्यआर्जनलगायत सीपमूलक तालिम तथा कार्यक्रम गर्दै आएका छौँं ।’ उनले पर्यापर्यटन प्रवर्द्धन गर्न र मानवसँगको द्वन्द्व रोकथामका लागि मानव–बाघ सहअस्तित्वका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्यांक छ ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको संंख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा बाघको संंख्या बढेर २३५ पुगेको थियो ।

विश्वजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले बाघ पर्यापर्यटनको ठूलो धरोहर भएको बताउँदै सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्ने बताए । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि जङ्गल वरपरका स्थानीयलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ ।

उनले भने, ‘वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर निस्किँदैनन् र स्थानीयलाई पनि वैकल्पिक आयको व्यवस्था गर्नसके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सकिन्छ । यसमा सरोकारवाला सबै लाग्नु पर्छ ।’ बाघ समस्या नभएको र यसको व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ ।

विश्वमा बाघको संंख्या ५,३५७

नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको संंख्या रहेको अनुमान थियो । त्यो संंख्या सन् २०१० मा घटेर तीन हजार २०० मा सीमित भएको थियो ।

विश्ववन्यजन्तु कोषको तथ्यांकअनुसार त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको संंख्या बढेर सन् २०१६ मा तीन हजार ९०० र सन् २०२२ मा चार हजार ५०० पुगेको थियो । सन् २०२५ पछिल्लो तथ्यांक अनुसार विश्वमा बाघको संंख्या बढेर पाँच हजार ३५७ पुगेको छ ।

त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १६७, रुसमा ७५०, इण्डोनेसियामा ४००, नेपालमा ३५५, थाइल्याण्डमा एक सय ८९, भुटान १५१, मलेसियामा १५०, बङ्गलादेशमा १४६, म्यान्मामा २२ चीनमा २० भियतनाममा पाँच र लाओसमा दुई वटा बाघ रहेका छन् ।

निकुञ्ज विभागका वरिष्ठ इकोलाोजिष्ट हरिभद्र आचार्यले छिमेकी मुलुक भारतका राष्ट्रिय निकुञ्जमा रहेका बाघको घनत्व हेर्दा नेपालको बाघको संंख्या धेरै भयो भन्न नमिल्ने बताए । गुणस्तरीय घाँसेमैदान, पानीको स्रोत र आहारा वृद्धि गरी बाघको संंख्या अहिलेकै क्षेत्रफलमा थप गर्न सकिने प्रसस्त सम्भावना रहेको उनको तर्क छ ।

मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि आफूहरुले विभिन्न प्रयास गरिरहेको उल्लेख गर्दै उनले भने, ‘विभागले विभिन्न निकायसँग मिलेर बाघ र मानव सहअस्तित्वका विभिन्न कार्यक्रम गरिरहेको छ । बाघ जङ्गलको भित्री भागमा रहिरहनका लागि गुणस्तरीय आहाराको वृद्धि र स्थानीयलाई पनि जीविकोपार्जनका लागि जङ्गलको भित्री भागमा जान बाध्य नहुने अवस्थाका लागि प्रयास गरिरहेका छौँ ।’

देशभरका खोरमा १८ समस्याग्रस्त बाघ
बाघको संंख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढ्दो छ । खासगरी मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ ।

हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको संंख्या १८ वटा छ । तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पाँच, चितवन राष्ट्रिय निकुञ्जमा सात, बर्दिया राष्ट्रिय निकुञ्जमा चार, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक÷एक बाघ खोरमा राखिएका छन् ।

यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनी सरकारको ठूलो रकम खर्च हुँदै आएको छ। बाघलाई मार्न र बेचबिखन गर्न नपाइने कानुनी प्रावधान छ ।

तसर्थ समस्याग्रस्त यस्ता बाघको व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना गर्नुपर्ने, मित्रराष्ट्रलाई वन्यजन्तु कूटनीतिमार्फत उपहारस्वरुप प्रदान गर्नुपर्ने, प्रदेशमा रहेका प्राणी उद्यानमा व्यवस्थापन गरी आयआर्जन गर्न सकिने, केही उपाय नलागे मार्नुपर्नेलगायत विकल्पमाथि समेत बहस सुरु भएको छ ।

सम्बन्धित-समाचार

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
BANNER

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

✍ सूचना पाेर्टल
बैशाख २८, २०८३ मा प्रकाशित
0

इटहरी ।  सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त...

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’
समाचार

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

✍ सूचना पाेर्टल
बैशाख २७, २०८३ मा प्रकाशित
0

इटहरी । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसङ्घले आग्रह गरेको...

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

बैशाख २५, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

बैशाख २५, २०८३ मा प्रकाशित
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

बैशाख २२, २०८३ मा प्रकाशित
यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

बैशाख १२, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
BANNER

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

✍ सूचना पाेर्टल
बैशाख २८, २०८३ मा प्रकाशित
0

इटहरी ।  सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त...

अरु पढ्नुहाेस्...
जनता माविको अध्यक्ष चयन विरुद्ध अभिभावक आन्दाेलित : निर्णय सच्याउन माग

जनता माविको अध्यक्ष चयन विरुद्ध अभिभावक आन्दाेलित : निर्णय सच्याउन माग

बैशाख २८, २०८३ मा प्रकाशित
मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

बैशाख २७, २०८३ मा प्रकाशित
अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

बैशाख २७, २०८३ मा प्रकाशित
सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

बैशाख २५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    78 shares
    Share 31 Tweet 20
  • इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

    23 shares
    Share 9 Tweet 6
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    77 shares
    Share 31 Tweet 19
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    324 shares
    Share 130 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    327 shares
    Share 131 Tweet 82

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष