आजकाे माैसम : काेशी प्रदेशमा चट्याङ सहितकाे वर्षा हुने , झापामा सतर्क रहन आग्रह
- श्रावण १२, २०८० मा प्रकाशित
इटहरी । अहिले नेपालमा मनसुनको प्रभाव रहेको छ । आज (शुक्रबार) देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेशका केही स्थानहरूका साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
झापामा भारी वर्षा, बिहान ७ बजेसम्म सतर्क रहन आग्रह
झापाका विभिन्न ठाउँमा गए रातिदेखि भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाका अनुसार झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रगढी आसपास क्षेत्रमा भारी वर्षा भएको छ । विरिङ, रतुवालगायत साना खोलामा आकस्मिक बाढी आउनसक्ने जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ८, २०८१रवि लामिछानेको सांसद पद निलम्बन नगर्न रास्वपाको आग्रह
-
ताजा पुष ८, २०८१डीपी अर्याल रास्वपाको कार्यवाहक सभापति
-
ताजा पुष ८, २०८१कांग्रेसभित्र सभापतिबाटै गुट फस्टाउने काम भयो : शेखर कोइराला
-
ताजा पुष ८, २०८१भैंसेपाटी ‘हनी ट्रयाप’ प्रकरण : निलम्बित इन्सपेक्टर शाहीलाई धरौटीमा रिहा गर्न आदेश
-
ताजा पुष ८, २०८१पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
Comments