रवि लामिछानेसहित पाँच प्रतिवादीको मुद्दा न्यायाधीश नितिज राईको इजलासमा
- पुष ८, २०८१ मा प्रकाशित
पोखरा । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आज (सोमबार) देखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको बयान सुरु हुँदैछ ।
उनीहरूको न्यायाधीश नितिज राईको इजलासमा पेसी तोकिएको छ कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीशले पहिला मिसिल अध्ययन गरिसकेपछि मात्रै पहिला कसको बयान लिने भन्ने निर्णय गर्ने जनाइएको छ ।
तर प्रहरीले ७५ वर्षीय कृष्णबहादुर गुरुङको पहिला बयान लिन भनेको छ । उनको स्वास्थ्य अवस्थाका कारण पहिला बयान लिन लिन भनेको हो । आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।
कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यस्तै ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ । समग्रमा ४४ व्यक्ति र कम्पनीलाई प्रतिवादी बनाइएको निमित्त श्रेस्तेदार लामिछानेले बताए । अब राईकै इजलासले रविसहितका प्रतिवादीहरुलाई थुनामा राख्ने कि थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश दिनेछ ।
लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गर्दै प्रतिवादी बनाइएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो कायम गरिएको छ । उनीबाट यो बिगो भराउन र कैद सजाय गर्न पनि माग गरिएको छ । रवि र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति पनि जफत गर्न सरकारी वकिलको माग छ । निकितालाई पनि सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ । सबै प्रतिवादीबाट सहकारी ठगीमा एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ ।
सहकारी ठगीमा रामबहादुर खनाल, दिपेश कुमार पुन, नेत्रपाणी बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लिला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई र ओमप्रकाश गुरुङलाई प्रतिवादी बनाइएको छ ।
यस्तै बिरबहादुर रानाभाट, दिपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिलाबहादुर गुरुङ, पेशल कुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेलविरुद्ध अभियोग पत्र दायर गरिएको हो । उनीहरुविरुद्ध व्यक्तिगत र सामुहिक बिगो कायम गरिएको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ९, २०८१धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री
-
ताजा पुष ९, २०८१भक्तपुरमा बाबु–छोरा हत्या प्रकरण : जेठो छोराले हत्या स्विकार्दै गरे प्रहरी समक्ष आत्मसमर्पण
-
ताजा पुष ९, २०८१राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित
-
ताजा पुष ९, २०८१पार्टीको कार्यविभाजनप्रति झलनाथ खनाल असन्तुष्ट, भन्छन्, ‘म रेस्टमा थिएँ, सल्लाह गरिएन’
-
ताजा पुष ९, २०८१पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
Comments