जग्गा व्यवसायीलाई फसाएर रकम बार्गेनिङ गर्ने फरार इन्स्पेक्टर विनु शाही प्रहरीकाे आँखा छल्दै अदालत पुगिन
- पुष ७, २०८१ मा प्रकाशित
इटहरी । ‘हनिट्रयाप मुद्दा’ मा फरार रहेकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही ‘सुटुक्क’ अदालतमा उपस्थित भएकी छन् । प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा आफैं उपस्थित भएकी हुन् ।शाहीलाई पक्राउ गर्न प्रहरीले सर्वाधिक खोजतलास गर्दै आएको भए पनि हालसम्म फेला पार्न सकेको थिएन ।
उनी प्रहरीलाई चक्मा दिँदै अदालत पुगेकी हुन् । न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको बयानका लागि पेसी तोकिएको स्रोतले जनाएको छ । इन्द्रकुमार राईको जाहेरीले भीमादेवी थापा समेत ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो ।
सोही मुद्दामा शाही फरार थिइन् । उनी प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत रहेको बेला एक जना व्यवसायीलाई बलात्कार मुद्दामा फसाइ दिने भन्दै हनिट्रयाप समूहसँग मिलेर ३० लाख रुपैंयाँ रकम असुलेको आरोप छ ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ७, २०८१प्रख्यात रेस्लर रे मिस्टेरियो सिनियरको निधन
-
ताजा पुष ७, २०८१जग्गा व्यवसायीलाई फसाएर रकम बार्गेनिङ गर्ने फरार इन्स्पेक्टर विनु शाही प्रहरीकाे आँखा छल्दै अदालत पुगिन
-
ताजा पुष ७, २०८१रविविरुद्ध तीन कसुरमा मुद्दा दर्ता, सांसद पद पनि धरापमा
-
ताजा पुष ७, २०८१सम्पत्ति जफतको माग गर्दै रवि पत्नी निकितालाई पनि प्रतिवादी बनाएर मुद्दा
-
ताजा पुष ७, २०८१मेरो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध साइबर ब्युरोले कारबाही गर्ने भएको छः समीक्षा अधिकारी
Comments