डीपी अर्याल रास्वपाको कार्यवाहक सभापति
- पुष ८, २०८१ मा प्रकाशित
इटहरी । डोलप्रसाद अर्याल (डीपी) अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।
‘उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ रास्वपाका एक पदाधिकारीले भने, ‘सभापति लामिछानेको सिफारिसमा अर्याललाई सचिवालय बैठकले कार्यवाहक सभापति तोकेको हो ।’ रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको थियो ।
यही अभियोगमा सभापति लामिछाने गत कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । लामिछाने हिरासतमा रहँदा रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी कसैलाई पनि तोकेको थिएन । तर केन्द्रीय समिति बैठकहरू भने उपसभापति अर्यालकै अध्यक्षतामा बस्ने गरेको थियो ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ९, २०८१धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री
-
ताजा पुष ९, २०८१भक्तपुरमा बाबु–छोरा हत्या प्रकरण : जेठो छोराले हत्या स्विकार्दै गरे प्रहरी समक्ष आत्मसमर्पण
-
ताजा पुष ९, २०८१राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित
-
ताजा पुष ९, २०८१पार्टीको कार्यविभाजनप्रति झलनाथ खनाल असन्तुष्ट, भन्छन्, ‘म रेस्टमा थिएँ, सल्लाह गरिएन’
-
ताजा पुष ९, २०८१पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
Comments