[t4b-ticker]
Wednesday, March 4, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

    पर्सा क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार शंकास्पद वस्तुसहित पक्राउ

    मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

    सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

    सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

    सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

धरानकाे खहरे पुल : भत्किएको वर्ष दिनमा पनि बनेन, जोखिमपूर्ण यात्रा गर्न बाध्य

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार १७, २०८२ मा प्रकाशित
✅ काेशी
धरानकाे खहरे पुल : भत्किएको वर्ष दिनमा पनि बनेन, जोखिमपूर्ण यात्रा गर्न बाध्य
26
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष भइसक्दा पनि पुनर्निर्माण नहुँदा स्थानीय दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । विक्रम संवत् २०८० चैतमा निर्माण सम्पन्न भएको सो पुल छ महिना नपुग्दै भत्किएको थियो । एक वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले मर्मत वा पुनर्निर्माणमा कुनै पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

‘वर्ष दिन भयो पुल भत्किएको पैदल नै भए पनि यहीँबाट हिँड्नुपर्ने बाध्यता छ’, स्थानीय जीवन तामाङले भने, ‘साना बच्चा, वृद्ध र बिरामी लिएर हिँड्दा निकै जोखिम हुन्छ, कहिले पुल बन्ला भन्ने आशामा छौँ । अहिले बर्खा लागिसक्यो, खोलामा बाढी आउँछ भन्ने त्रास छ, तर विकल्प छैन ।’ उनका अनुसार पुल भत्किएपछि पैदल यात्रुले जोखिम मोलेर आवतजावत गरिरहेका छन् भने सवारीसाधनहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् । ‘सवारीसाधनले त घुमाउरो बाटो समात्छन्, तर हामी जस्ता बूढापाका, बालबालिका र विद्यार्थीहरू जोखिम मोलेर हिँड्नुपरेको छ’, स्थानीय ७९ वर्षीय अमृत श्रेष्ठले भने, ‘पुल नहुँदा बिरामी बोकेर अस्पताल लैजान एम्बुलेन्सलाई समस्या भएको छ ।’ पहिले यही पुल प्रयोग गर्दा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्न छोटो दूरी थियो, अहिले वैकल्पिक घुमाउरो बाटो प्रयोग गर्दा बिरामी ढिलो पुग्ने र त्यसले गम्भीर असर पारिरहेको स्थानीयको भनाइ छ ।

याे पनिपढ्नुहाेस्

धनकुटा–इटहरी सम्पर्क समाजको नयाँ भवन बन्ने : मेयर पाैडेलले गरे शिलन्यास

ओली र बालेनका प्रतिस्पर्धी रञ्जित तामाङले भने- झापा ५ मा कोहीसँग तालमेल हुँदैन, भ्रममा नपरौँ

वर्षायाम सुरू भइसकेकाले खहरे खोलामा बाढी थुनिएर बस्तीमा पस्न सक्ने खतरा बढेको छ । धरान बजार क्षेत्रको फोहोर पानी यही खोलामा मिसिने भएकाले करिब २०० घर प्रत्यक्ष बाढीको जोखिममा रहेको वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए । उनका अनुसार विसं २०१७ मा ब्रिटिस घोपा क्याम्प जान सहज होस् भनेर निर्माण गरिएको सो पुल अहिले पूर्ण रूपमा भत्किएको छ । मदन भण्डारी राजमार्ग निर्माणका क्रममा नयाँ पुल नबनाई पुरानै पुलमाथि कालोपत्र गर्दा पुल भत्किएको उनको भनाइ छ ।

धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले पुलको स्थलगत निरीक्षण भइसकेको र हाल अस्थायी रूपमा क्याबिन राखी कल्भर्टमार्फत पानी बगाउने योजना बनाइएको बताए । उनले चाँडै पुल पुनर्निर्माणको प्रक्रिया सुरु गरी स्थानीयको समस्या समाधान गर्ने प्रयास भइरहेको बताए । मदन भण्डारी राजमार्ग निर्माण आयोजनाका इन्जिनियर घनश्याम खड्काका अनुसार २०८० मा सडक कालोपत्रे गर्दा पुल ठीकठाक देखिएपछि त्यहीँमाथि कालोपत्र गरिएको थियो । तर कल्भर्टमा प्रयोग गरिएको फलाम पुरानो भई खिया लागेकाले भाँचिएको उनले बताए । कल्भर्ट भाँचिएपछि अस्थायी रूपमा बनाइएको बाटो पनि पुनः बाढीले बगाएपछि साना सवारी र टेम्पो सञ्चालन गर्न मिल्नेगरी साइडबाट अस्थायी फलामको पुल बनाइएको उनले जानकारी दिए । स्थायी समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने प्रक्रिया अगाडि बढिरहेको र त्यसपछि नयाँ पुल निर्माण सुरू गरिने उनले बताए ।

उनका अनुसार पुल निकै पुरानो भएकाले त्यसको लागत र विवरण अभिलेखमा छैन । हालैको बाढीले खहरे खोलामा भित्री कटान बढाएपछि स्थानीयमा थप त्रास फैलिएको उनको भनाइ छ । खोलाले धेरै कटान गरिसकेको छ । नयाँ पुल निर्माण अत्यावश्यक छ । अध्ययन गरेर निर्माण गर्नुपर्छ र त्यसका लागि केही समय लाग्न सक्ने, इन्जिनियर खड्काको भनाइ छ । धरान बजार क्षेत्रका ढल खहरेमा मिसिने भएकाले बर्खामा पानीको बहाव अत्यधिक हुने र खहरेको धार परिवर्तन भई बस्तीमा पस्न सक्ने स्थानीयको चिन्ता छ । स्थानीयले पुलको पुनर्निर्माणमा शीघ्रता अपनाउन सरकार र सरोकारवाला निकायलाई आग्रह गरिरहेका छन् । पुल निर्माणमा ढिलाइ हुँदा जनधनको क्षति हुन सक्ने स्थानीयको भनाइ छ ।

सम्बन्धित-समाचार

धनकुटा–इटहरी सम्पर्क समाजको नयाँ भवन बन्ने : मेयर पाैडेलले गरे शिलन्यास
काेशी

✍ सूचना पाेर्टल
फाल्गुन १५, २०८२ मा प्रकाशित
0

इटहरी । सुनसरीकाे इटहरीमा धनकुटा इटहरी समाजकाे भवन शिलन्यास गरिएकाे छ । इटहरी उपमहानगरका मेयर हेमकर्ण पाैडेलले बिहीबार बिहान साे...

ओली र बालेनका प्रतिस्पर्धी रञ्जित तामाङले भने- झापा ५ मा कोहीसँग तालमेल हुँदैन, भ्रममा नपरौँ
काेशी

ओली र बालेनका प्रतिस्पर्धी रञ्जित तामाङले भने- झापा ५ मा कोहीसँग तालमेल हुँदैन, भ्रममा नपरौँ

✍ सूचना पाेर्टल
फाल्गुन १४, २०८२ मा प्रकाशित
0

झापा ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग प्रतिस्पर्धा गरिरहेका...

उदयपुरको ‘मृत्युपासो’मा बस दुर्घटना : दुई जनाको अवस्था गम्भीर, घाइते हुनेमा १० वर्षीय बालकदेखि ७८ वर्षीय वृद्धसम्म

फाल्गुन ११, २०८२ मा प्रकाशित
झापामा नेशनल भोलेन्टियर्स फोर्स कोशी कमान्ड घोषणा

बालेनको वाचा: झापा-५ का सुकुमवासीका लागि ‘१०० दिनमा आयोग, १००० दिनमा समाधान’

राधिका शाक्य भन्छिन् : ओलीले भ्रष्टाचार गर्‍यो, अकूत कमायो भन्छन् तर हामीसँग निजी सम्पत्ति छैन

फाल्गुन १०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी
समाचार

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

✍ सूचना पाेर्टल
फाल्गुन २०, २०८२ मा प्रकाशित
0

इटहरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका एक उम्मेदवार सिराहाबाट नगदसहित पक्राउ परेका छन्। सिराहा क्षेत्र नम्बर ३ का जसपाका...

अरु पढ्नुहाेस्...
पर्सा क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार शंकास्पद वस्तुसहित पक्राउ

पर्सा क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार शंकास्पद वस्तुसहित पक्राउ

फाल्गुन २०, २०८२ मा प्रकाशित
टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

फाल्गुन १८, २०८२ मा प्रकाशित
मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

फाल्गुन १८, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    150 shares
    Share 60 Tweet 38
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    145 shares
    Share 58 Tweet 36
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    50 shares
    Share 20 Tweet 13
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    47 shares
    Share 19 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    52 shares
    Share 21 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष