अन्तर्राष्ट्रिय बक्सिङमा सहभागी हुने चार महिला खेलाडी प्रशिक्षणमा
- बैशाख १४, २०७९ मा प्रकाशित
काठमाडौं: नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिप-२०२२ मा सहभागी हुने चार महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाएको छ ।
अन्तर्राष्ट्रिय बक्सिङ संघ ( आईबीए) को आयोजनामा मे ६ देखि २१ तारिखसम्म प्रतियोगिता टर्कीकाे इस्टानबुलमा हुनेछ ।
१२औँ विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालले ४८ केजी ताैल समूहमा सुस्मन तामाङ, ५२ केजी ताैल समूहमा १३औँ साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी ताैल समूहमा चन्द्रकला थापा र ६० केजी ताैल समूहमा पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी चार खेलाडी थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलेर फर्किएका हुन् । जसमा पुनम रावलले कास्य पदक जितेकी थिइन । रावलले जितेकाे पदक १२ वर्ष पछि नेपालले जितेकाे पदक हाे । १२ वर्ष पहिला हालका आईबा थ्री स्टार काेच दीपक महर्जनले काँस्य पदक जितेका थिए ।
अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार काेच दिपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिइरहेका छन् ।
प्रतियोगितामा ८३ देशका ३ सय ९२ खेलाडीले नाम दर्ता गराइसकेका छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments