•  २१ बैशाख २०८१, शुक्रबार
  •  8:00:06 PM

चेन्नई पन्जाबसँग पराजित

- बैशाख १३, २०७९ मा प्रकाशित


काठमाडौं: चेन्नई सुपर किङ्सलाई ११ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पन्जाब किङ्सले चौथो जित निकालेको छ ।

मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन  बनाउन सक्यो ।

चेन्नईका  अम्बाती रायडुले सर्वाधिक  ७८ रन बनाए ।  रुतुराज गायकवाडले ३० रनको योगदान गरे ।

पन्जाबका कागिसो रबडा र ऋषि धवनले २-२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेेकाे थियाे ।

पन्जाबका शिखर धवनले अविजित ८८ रन बनाए । यस्तै भानुका राजपाक्षेले ४२ रनको योगदान गरे ।  चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए ।

प्रतियोगितामा पन्जाबले ८ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा छ । छैटौं हार बेहोरेको चेन्नई ८ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर