•  २२ बैशाख २०८१, शनिबार
  •  12:52:04 PM

जसपालाई जनकपुर दिएपछि कांग्रेसमा असन्तुष्टि, २ बजे पत्रकार सम्मेलन गर्दै

- बैशाख ९, २०७९ मा प्रकाशित


काठमाडौं: जनकपुरधाम उपमहानगपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ ।

कांग्रेस नगरसभापति मनोजकुमार साहले केन्द्रदेखि नगर गठबन्धनको बैठकमा पनि जनकपुरधाम कांग्रेसले राख्नुपर्ने अडान राखे पनि केन्द्रीय गठबन्धनबाट जसपा नेपालको भागमा परेपछि असन्तुष्टि बढेको हो । 

सोही असन्तुष्टिका कारण साह नेतृत्वमा आजै २ बजे पत्रकार सम्मेलन गरी आवाश्यक निर्णय लिने तयारी भएको छ । ‘आज २ बजे पत्रकार सम्मेलन गरेर जनकपुर कांग्रेसले आवाश्यक निर्णय लिने जानकारी दिइएको छ । के निर्णय हुनेछ, त्यो भने अझै खुलाइएको भने छैन,’ प्रेस युनियनका धनुषा जिल्ला अध्यक्ष राजनसिंहले बताए । 

सम्भवतः पार्टीवाट राजीनामा दिएर साह नेतृत्वमा जनकपुर धाममा स्वतन्त्र उम्मेदवारी दिने बारेमा निर्णय लिने बुझिए पनि औपचारिक जानकारी भने अझै गराईएको छैन । यसबारेमा थप जानकारी लिन खोज्दा नगरसभापति साह सम्पर्कमा आउन चाहेनन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर