•  २१ बैशाख २०८१, शुक्रबार
  •  3:29:39 PM

अपाङ्गता भएकी जुनुलाई १२ लाखको पक्की घर

- चैत्र १९, २०७८ मा प्रकाशित


काठमाडौं: शारीरिक अपाङ्गता भएकी पाँचथरको याङ्वरक–३, ओयामकी जुनु राईका लागि १२ लाख रूपैयाँमा घर निर्माण गरिएको छ । एक तले पक्की घर निर्माण गरिएको हो । घरलाई भने जस्तापाताले छाएको छ । 

ओयाम बजारमै निर्माण गरिएको घर जुनुलाई शुक्रबार हस्तान्तरण गरिएको किरात याक्थुङ चुम्लुङका पाँचथर अध्यक्ष नरेन्द्रराज केरुङले जानकारी दिए ।

घरका लागि ओयाम समाज युकेले ६ लाख रूपैयाँमा चार आना जग्गा खरिद गरेको थियो । 

उक्त जग्गामा घर निर्माण गर्न फेसबुक ग्रुप ‘ग्रिन एन्ड क्लिन आवर पाँचथर’, तीनजुरे अनलाइन टिभी, डेली अनलाइन र जुनु (बेघा) राई सहयोग अभियानले बाँकी ६ लाख रूपैयाँ संकलन गरेको हो । 

जुनु विवाहिता हुन् । जन्मजात शारीरिक अपाङ्गता भएकी उनको दुवै खुट्टा छैनन् । २७ वर्षीया उनको ५ र ३ वर्षका दुई छोरी छन् । 

घरका लागि सहयोग संकलनको संयोजन गर्ने ग्रिन एन्ड क्लिन आवर पाँचथरकी सदस्य पुनम नेम्बाङले जुनुको कष्टकर जीवनलाई सहज बनाउन घर निर्माण गरिएको बताइन् । घर पाएपछि जुनु पनि खुसी छिन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर