दुर्गा प्रसाईंको २ अर्बको तरकारी बजारको आज उद्घाटन गर्दै ओली
- चैत्र १६, २०७८ मा प्रकाशित
काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज उद्घाटन गर्दैछन् ।
देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको बिहान ११ बजे ओलीले उद्घाटन गर्ने भएका हुन् ।
एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ सञ्चालनमा ल्याएका छन् । उक्त तरकारी बजारको उद्घाटनमा जाँदा ओलीलाई नेता महेश बस्नेतको टोलीले मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने भएका छन् ।
तरकारी बजार ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । बजारभित्र साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन राति २ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला रहने प्रसार्इंले बताएका छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments