•  २१ बैशाख २०८१, शुक्रबार
  •  1:04:10 PM

उपमेयर आत्मनिर्भर कार्यक्रमः महिलाहरुले पाए माला बनाउने तालिम

- चैत्र १५, २०७८ मा प्रकाशित


इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले पालिकाको १० नम्बर वडाका महिलाहरुका लागि दुबोको माला बनाउने तालिम प्रदान गरेको छ ।

सोही वडास्थित करदाता सेवा कार्यालयनजिकै रहेको चर्चमा सञ्चालित तालिममा वडाका २१ जना महिलाहरुले सीप विकासको अवसर पाएको उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार स्थानीय सरकार गठन भएकै वर्ष अर्थात् २०७४ सालदेखि नगर सरकारले सुरु गरेको उपमेयर आत्मनिर्भर कार्यक्रमको निरन्तरतास्वरुप उपमहानगरले आफ्नै खर्चमा महिलाहरुलाई सीपमूलक तालिम दिएको हो ।

उपमेयर आत्मनिर्भर कार्यक्रमका सिलसिलामा ढाका बुन्ने, कौसी खेति, फूल खेति, परालको चप्पल बनाउने, दुबोको माला बनाउने, दुग्धजन्य मिठाइ बनाउने, डोनट बनाउनेजस्ता विविध तालिमहरु महिलाहरुलाई प्रदान गरिएको बताउँदै उपमेयर गौतमले तालिमले महिलाहरुलाई आर्थिक स्वतन्त्रता दिलाउने कार्यमा महत्वपूर्ण सहयोग पुर्याएको उल्लेख गरिन् । तालिम प्राप्त गरेका महिलाहरु आफ्नो सीपअनुसार वस्तु उत्पादन गरी बेच्न थालेको देखेर आफू खुसी भएको उनको भनाइ छ ।

Comments

सम्बन्धित खवर