निर्वाचनमा अभियानमा रहेका प्रचण्ड सिन्धुली जाँदै
- चैत्र ५, २०७८ मा प्रकाशित
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाँदैछन् । अध्यक्ष प्रचण्डले सदरमुकाम सिन्धुलीमाढीमा पार्टी कार्यालय उद्घाटन गर्नेछन् ।
प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्डले कार्यक्रम उद्घाटनपछि पार्टीका जिल्लास्थित नेता कार्यकर्तालाई निर्वाचन अभियानमा जुट्न निर्देशन दिनेछन् । अध्यक्ष प्रचण्ड फागुनको तेस्रो साता सम्पन्न केन्द्रीय कमिटी बैठकपछि देशव्यापी निर्वाचन अभियानमा छन् ।
उनले अभियानको क्रममा मुख्य प्राथमिकता एक्लै निर्वाचनमा जाने माओवादीको तयारी रहेको बताउने गरेका छन् । गठबन्धनलाई सहायक प्राथमिकता दिएको उनको भनाइ छ । सत्ता नेतृत्व दल कांग्रेस गठबन्धनसहित निर्वाचनमा जाने भन्नेमा स्पष्ट नहुँदा प्रचण्ड दोधारमा छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments