•  २२ बैशाख २०८१, शनिबार
  •  9:40:48 AM

हाेलीमा माैसमकाे पूर्वानुमान कस्ताे छ ?

- चैत्र ३, २०७८ मा प्रकाशित


काठमाडाैं: आज बिहीबारदेखि फागु पूर्णिमा अर्थात् हाेली पर्व सुरु भएकाे छ । आज काठमाडाैं उपत्यकासहित पहाडी क्षेत्र र शुक्रबार तराईमा हाेली पर्व मनाइन्छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार याे वर्ष हाेलीमा माैसम सामान्य रहेकाे छ । बुधबार साँझ स्थानीय वायुका कारण उपत्यका वर्षा भए पनि आज भने माैसम सफा नै रहने आँकलन गरिएकाे छ ।

हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली र अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ ।

शुक्रबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर