•  ८ जेष्ठ २०८१, मंगलवार
  •  7:47:35 PM

सुनको मूल्य ताेलामा एक हजार आठ सय रुपैयाँले घट्याे

- चैत्र १, २०७८ मा प्रकाशित


काठमाडौँ: सुनको भाउ मंगलबार तोलामा एक हजार आठ सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।  सोमबार छापावाल सुन तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा किनबेच भएकाे थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा निर्धारण भएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर