•  ८ जेष्ठ २०८१, मंगलवार
  •  4:09:47 PM

इटहरीकाे बिग बारमा हाेली स्पेसल : चर्चित गायक शिव परियार सहितकाे प्रस्तुती रहने

- चैत्र १, २०७८ मा प्रकाशित


इटहरी । सुनसरीकाे इटहरीस्थित बिग बार एण्ड ग्रिलले याे वर्षकाे हाेली पर्वलाइ धुमधामले मनाउने भएकाे छ । रंगहरूकाे पर्व भनेर मानिने हालीलाइ संगितमय संगै सांगेतिक रूपमा भब्य सम्पन्न गर्न लागेकाे हाे ।

हाेलिकाे अवसर पारेर बिग बारले नेपालकै चर्चित गायक शिव परियारलाइ इटहरी ल्याउने भएकाे छ । गायक परियार संगै इटहरीलाइ संगितमय बनाउन बिगबारले आगामि चैत्र ३ गते हाेलि हंगामा कार्यक्रमकाे आयाेजना गरेकाे बारका सञ्चालक युवा व्यवसायी किरण बुढाथाेकीले बताए ।

स्थापनाकाे छाेटाे समयमै बेग्लै पहिचान बनाइसकेकाे बिगबार एण्ड ग्रिलले यस भन्दा अघि पनि बिभिन्न सांगेतिक कार्यक्रमहरू गर्दै आएकाे छ । कोभिड सङ्क्रमणको कारण दुई वर्षदेखि मनाउन नपाइएको होलीलाई उल्लासमय मनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए । ३ गते साँझ ६ बजेदेखि कार्यक्रम हुने सञ्चालक बुढाथोकीको भनाई छ ।

Comments

सम्बन्धित खवर