•  ९ जेष्ठ २०८१, बुधबार
  •  8:35:10 AM

सुनको मूल्य एक लाख दुई हजार ८०० रुपैयाँ

- फाल्गुन २९, २०७८ मा प्रकाशित


काठमाडौँ:  साताकाे पहिलाे दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा काराेबार भइरहेकेा छ ।

यसअघि, गत साताकाे अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार३०० रुपैयाँ निर्धारण गरिएकाे छ ।  

चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर