•  ८ जेष्ठ २०८१, मंगलवार
  •  9:38:58 PM

सुनको मूल्य : ताेलाकाे एक लाख तीन हजार रुपैयाँ

- फाल्गुन २४, २०७८ मा प्रकाशित


काठमाडौँ: सुनको मूल्य मंगलबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा नै कारोबार भएको थियो ।
 
यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ । चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँको दरले घटेको छ  । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ४१० रुपैयाँमा निर्धारण भएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर