•  ७ जेष्ठ २०८१, सोमबार
  •  6:59:50 AM

सुनको मूल्यकाे एक लाख तीन हजार रुपैयाँ

- फाल्गुन २३, २०७८ मा प्रकाशित


काठमाडौँ: सुनको भाउ सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । 

यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख एक हजार ९०० रुपैयाँमा  कारोबार भएको थियो ।
 
यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ ताेकिएकाे छ । चाँदीको मूल्य पनि प्रतिताेलामा १० रुपैयाँको दरले बढेको छ  । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैबीच, सरकारले  सुन आयातमा कटाैती गरेकाे छ । नेपाल राष्ट्र  बैंकले आइतबार जारी गरेको सूचनाबमोजिम दैनिक १० किलो मात्र सुन आयात गर्नेगरी तोकेको हो । वाणिज्य बैंकहरुले यसअघि  दैनिक २० किलो सुन आयात गर्न पाउँथे । -न्युज कारखाना

Comments

सम्बन्धित खवर