बिमा गर्न अझै हिच्किचाहट
- फाल्गुन १८, २०७८ मा प्रकाशित
तेह्रथुम: जीवन बिमाको उपयोगिता नबुझ्दा बिमा गर्न अझै नागरिकहरु हिच्किचाउने गरेका छन् । गाउँ टोलसम्म बिमासम्बन्धी ज्ञान र त्यसको महत्व पुर्याउन नसक्दा नागरिक बिमा गर्नबाट बञ्चित छन ।
बिमामा गरेको लगानी सुरक्षित हुने वा नहुने बारे अन्यौल भएका नागरिकहरूलाई बिमा अभिकर्ताहरूले बुझाउन नसक्दा जोखिमबाट मुक्त हुन नसकेको तेह्रथुमको सदरमुकाम म्याङलुङमा आयोजित जीवन बिमासम्बन्धी सेमिनारमा सहभागीहरूले बताएका छन् ।
हरेक नागरिकले जीवन बिमाको महत्वको बारे ज्ञानको कमी रहेको कार्यक्रममा सहभागी निता लिम्बूले बताइन । उनले भनिन्, ‘बिमा बारे तालिम भए पनि अझै गाउँगाउँमा यसको महत्व बुझ्न सकेका छैनन् । केही जान्ने बुझ्नेले बिमा गरे पनि सबै नागरिकसम्म यसको सूचना पुगेकै छैन त्यसैले बिमा गर्न मान्दैनन् ।’
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेह्रथुम उपशाखाले आयोजना गरेको सेमिनारमा जिल्लाका ६ वटै पालिका गरी ६० जना सहभागी थिए । कार्यक्रममा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश १ का प्रमुख मदन गौतमले जीवन बिमाको महत्व, फाइदा, विशेषता, बिमा क्षेत्रबाट गर्न सकिने आम्दानी र बचतको बिषयमा प्रशिक्षण दिएका थिए ।
बिमाको महत्व बारे बिमा अभिकर्ताहरूले आफू पनि अध्यायन गरी नागरिकहरूसम्म पुर्याउनु पर्ने ज्योति लाईफ इन्स्योरेन्स तेह्रथुमका प्रमुख टिआर सेनेहाङले बताए । ज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रकारका घातक रोगको लागि सेवा दिने भएकाले पनि नागरिकलाई बिमा गर्न आवश्यक रहेको सहभागीले धारणा राखेका थिए । -न्युज कारखाना
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
लोकप्रिय जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
लोकप्रिय जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
लोकप्रिय जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
ताजा जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
Comments