उदयपुरमा वर्डफ्लुः १६ सय कुखुरा मरे, ५ हजार नष्ट गरिँदै
- फाल्गुन १७, २०७८ मा प्रकाशित
उदयपुर: उदयपुरको ताप्ली गाउँपालिकामा वर्डफ्लु भेटिएको छ । उदयपुरमा पहिलो पटक बर्डफ्लु भित्रिएको हो । ताप्ली गाउँपालिका वडा नं ३ इनामेका किसानले पालेको लोकल कुखुरा, परेवा, टर्की र जंगली पशुपन्छीमा संक्रमण पाइएकाे हाे । १ हजार ६ सय भन्दा बढी कुखुरा मरेका छन् ।
केही दिन अघि स्थानीय होमबहादुर मगर, चक्रबहादुर मगर, बमबहादुर तामाङ लगायतले पालेका कुखुरा धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा. अजय साहले जानकारी दिए । त्यस क्षेत्रमा १ हजार ६२५ पन्छी मरेकाे साहले बताए । कुखुरा मरेका जानकारी पाए लगत्तै बर्डफ्लुको आशंकामा स्थानीयको लिर्यस कुखुरा २० वटा, जंगली पन्छी ५ वटा र परेवा ३ वटा नमुना परीक्षणका लागि विराटनगर पठाइएको थियो ।
विराटनगरको प्रारम्भिक परीक्षणपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको साहले बताए । भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका लागि लगिएका लिर्यस र बोइलर कुखुराबाट बर्डफ्लु भित्रिएको स्थानीयबासीको आशंका रहेको छ । भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका १५ दिन अघि थारो लिर्यस र बोइलर कुखुरा बिक्रीका लागि लगिएको स्थानीयबासीले जानकारी दिएको साहले बताए । ५ हजार पन्छी नष्ट गरिने साहले बताए । -न्युज कारखाना
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
लोकप्रिय जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
लोकप्रिय जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
Comments