•  २२ बैशाख २०८१, शनिबार
  •  8:18:08 AM

झापाको एक सरकारी भवनमा आगलागी, आमाछोरी घाइते

- फाल्गुन १३, २०७८ मा प्रकाशित


इटहरीः झापाको दोमुखास्थित पर्यटकीय क्षेत्रमा रहेको एक सरकारी भवनमा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा शिवसताक्षी नगरपालिका–१० का ४३ वर्षीया बालिका भण्डारी र उनकी १४ वर्षीया छोरी अस्मिता भण्डारी रहेको १ नमबर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार शिवसताक्षी–१० को दोमुखामा पर्यटन बोर्डले बनाएको १० कोठे एक तले भवनमा विद्युत चुहावट भएर बिहीबार राति ११ बजेतिर आगलागी भएको हो ।

उनीहरू सोही भवनमा बस्दै आएका थिए । घाइते दुवैजनाको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ । उनीहरूको हात र अनुहार जलेको छ । अवस्था गम्भीर रहेको जनाइएको छ ।

आगोले हरि भण्डारी, जय थपलिया, किशोर पुङ्थेवा, डम्बर मगरले सञ्चालन गरेको होटेल जलेर नष्ट भएको छ । सोही भवनमा रहेको दोमुखा युवा क्लबको कार्यालयसमेत जलेको प्रहरीले जनाएको छ ।

आगो दमक, कमल र बिर्तामोडको तीन वटा दमकल, प्रहरी र स्थानीले शुक्रबार बिहान साढे १ बजे नियन्त्रणमा लिएका थिए ।

Comments

सम्बन्धित खवर