•  २२ बैशाख २०८१, शनिबार
  •  11:10:26 AM

सोलुखुम्बुमा सवारी दुर्घटना, चालकको मृत्यु

- फाल्गुन १३, २०७८ मा प्रकाशित


इटहरी: सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ मा भएको सवारी दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको सौरापानीका ३० वर्षीय अर्जुन थवाली मगर रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

शुक्रबार बिहान २ः०० बजे लिखुपिके–५ बाट एमडी दुगढ हाइड्रोपावरतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ६२८९ नम्बरको मिक्सचर (गिटी–बालुवा घोल्ने) गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल झरी दुर्घटना हुँदा चालक थवालीको घटनास्थलमै मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुबाट आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर