•  २१ बैशाख २०८१, शुक्रबार
  •  9:24:06 PM

पथरिशनिश्चरेमा भुटानी शरणार्थीको रहस्यमय मृत्यु

- फाल्गुन १३, २०७८ मा प्रकाशित


इटहरीः मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविर सेक्टर नम्बर सी (२)मा एक भुटानी शरणार्थीको रहस्यमय अवस्थामा शव फेला परेको छ ।

सुतिरहेको अवस्थामा ४० वर्षीय दलबहादुर मगरको सडेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङका अनुसार घरभित्र सडेको शव देखेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेका हुन् । उनका अनुसार मगरको मृत्युको कारण खुलेको छैन ।

मृत्यु कहिले भएको हो भन्ने पनि यकिन हुन बाँकी छ । तर प्रहरीले एक साताअघि नै उनको मृत्यु भएको हुनसक्ने आशङ्का गरेको छ । शव पोस्टमार्टमका लागि र्लाबारीको मङ्गलबारेस्थित अस्पताल पठाई घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी मुकारुङको भनाइ छ । मृतकको परिवारका सबै सदस्य अमेरिकामा रहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर