•  २२ बैशाख २०८१, शनिबार
  •  8:15:44 AM

रुखबाट लडी युवकको मृत्यु

- फाल्गुन १३, २०७८ मा प्रकाशित


इटहरीः इलामको रोङ गाउँपालिका–२ मा रुखबाट लडी १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोङ–२ बरफल्याङ का २७ वर्षीय सुवास नेपाल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो बिहान ८ः३० बजे घर नजिकै रहेको साजको रुखमा चढी घाँस झार्ने क्रममा लडी घाइते भएका नेपालको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Comments

सम्बन्धित खवर