•  २१ बैशाख २०८१, शुक्रबार
  •  3:20:35 AM

पानीमा डुबी बालकको मृत्यु

- फाल्गुन १३, २०७८ मा प्रकाशित


इटहरीः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थितमा खाल्डोमा जमेको पानीमा डुबी बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोक्राहा नरसिंह–७ का शंकर मेहेताका १५ महिनाका छोरा रोहित मेहेता रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो बिहान ८ः३० बजे भोक्राहा नरसिंह–१ स्थित मावली घरको आँगन छेउमा खाल्डोमा जमेको पानीमा डुबी मृत अवस्थामा निजकी आमाले फेला पारेकी थिइन् । घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर