•  २२ बैशाख २०८१, शनिबार
  •  7:08:22 AM

प्याज खाएर सुटिङमा पुग्थे धर्मेन्द्र

- फाल्गुन १३, २०७८ मा प्रकाशित


काठमाडौं: बलिउडका दिग्गज कलाकारमध्ये एक धर्मेन्द्रसँग जोडिएको धेरै किस्सा र कथा आज पनि सुनिन्छ र सुनाइन्छ । यहाँ धर्मेन्द्रसँग जोडिएको एउटा यस्तै किस्सा छ । यो किस्सा फिल्म ‘आए दिन बहार’को सुटिङताकाको हो । यो किस्सालाई धर्मेन्द्र आफैंले एक टेलिभिजन शोमा सुनाएका छन् ।

यो फिल्म सन् १९६६ मा रिलिज भएको थियो । यो त्यस समयको हिट फिल्ममा पर्दथ्यो । फिल्ममा धर्मेन्द्रको अपोजिटमा अभिनेत्री आशा पारेख थिइन् ।

आशालाई धर्मेन्द्रले जुबली पारेख भनेर बोलाउने गर्थे । किनकि आशा कोही पनि अभिनेतासँग काम गर्दा त्यो फिल्म हिट हुन्थ्यो । यो फिल्मको सुटिङ सकिएपछि धर्मेन्द्र फिल्मका निर्देशक तथा अन्य सदस्यसँग अबेर रातसम्म मदिरा पिउँथे ।

धर्मेन्द्रका अनुसार जब उनी बिहान सुटिङमा जान्थे, त्यो बेला उनको मुखबाट मदिराको गन्ध आइरहन्थ्यो । त्यहीकारण मदिराको गन्ध नआओस् भन्नका लागि उनी प्याज खान्थे ।

‘एकपटक आशाले ‘धर्मेन्द्रको मुखबाट मदिराको गन्ध आउँछ’ भनेर गुनासो गरिछन् । त्यसपछि मैले मेरो समस्या सुनाएँ । त्यसपछि आशाले मलाई मदिरा नपिउन सल्लाह दिनुभयो । त्यसपछि हामी राम्रो साथी बन्यौं’, धर्मेन्द्रले भनेका छन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर