•  ७ जेष्ठ २०८१, सोमबार
  •  10:10:59 AM

आयोजक युवा टिम गोल्मढी र भक्तपुर फुटबल क्लब विजयी

- फाल्गुन ११, २०७८ मा प्रकाशित


भक्तपुर: भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा भक्तपुरमा भइरहेको भक्तपुर कप फुटबलको मंगलबारदेखि क्वाटरफाइनलका खेल सुरु भएका छन् । 

मंगलबारको दुईवटा खेलमा आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुर र भक्तपुर फुटबल क्वल (भक्तपुर एफसी) विजयी भएका छन् ।आयोजक भक्तपुर युवा टिमले बनेपा व्वाइज क्लबलाई १-० ले हराएको थियो । विजेताकोतर्फबाट क्रिजल खडकाले गोल हानेका थिए । 

दोस्रो खेलमा भक्तपुर एफसीले छोर्गान फुटबल क्लबलाई १-० ले नै पराजित गरेको हो । भक्तपुर एफसीकोतर्फबाट खेल सुरु भएको ५८ औँ मिनेटमा अजय चौधरीले गोल गरेका थिए । खेल स्थानीय महेश्वरी खेल मैदानमा भइरहेको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर