प्रदेश १ मा ५२ जनामा कोरोना सङ्क्रमण
- फाल्गुन १०, २०७८ मा प्रकाशित
, विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना सङ्क्रमण भएको छ ।
३३७ जनाको पीसीआर परीक्षण गर्दा २२ र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, सुनसरी र पाँचथरमा २–२, उदयपुर, तेहृथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो । झापाको दमक र बिर्तामोडमा २–२, मेचीनगर र बुद्धशान्तिमा १–१, मोरङको विराटनगरमा २, सुन्दरहरैचा, बेलबारी र सुनबर्षीमा १–१, सुनसरीको इनरुवा र इटहरीमा १–१, पाँचथरको फिदिममा २, उदयपुरको बेलका, तेहृथुमको म्याङ्लुङ र इलामको इलाम नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ४५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२ महिला र २३ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ९९० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
लोकप्रिय जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
लोकप्रिय जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
लोकप्रिय जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
ताजा जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
Comments