•  ७ जेष्ठ २०८१, सोमबार
  •  10:54:26 AM

भीष्म र राजेश भेट्रान्स टेनिसको फाईनलमा

- फाल्गुन १०, २०७८ मा प्रकाशित


पोखरा: भीष्मराज पौडेल र राजेश गुरुङ पोखरा रंगशालामा जारी रेवान भेट्रान्स टेनिस प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । सेमिफाइनल खेलमा भिष्मले दुर्गा सुनारलाई ६–२ र ६–३ को सेटमा पराजित गरे भने राजेशले रविन गुरुङलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरेका हुन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता भएको हो । फाईनल खेल आज हुनेछ । प्रतियोगिताअन्तर्गत सिनियर भेट्रान्स तर्फका खेलहरु पनि मंगलबार देखिनै शुरु हुने आयोजक संस्थाका सचिव नविन श्रेष्ठले जानकारी दिए ।

नवप्रवेशितर्फ सेमिपफाइनल पुगेका भिष्मराज पौडेल, रविन गुरुङ, दुर्गा सुनार र राजेश गुरुङले पनि सिनियरतर्फ भाग लिन पाउने भएका छन् । प्रतियोगितामा खुल्ला एकल तर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय पुरस्कार पाउनेछन् ।

डबल्सतर्फका विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार पाउने आयोजकले जनाएको छ । टेनिसको विकास र खेलाडीको आकर्षणका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर