•  ७ जेष्ठ २०८१, सोमबार
  •  11:22:55 AM

बायर्न साल्जबर्गसंग रोकियो

- फाल्गुन ५, २०७८ मा प्रकाशित


काठमाडौं: जर्मन  क्लब बायर्न म्युनिख यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा रेडबुल साल्जबर्गसंग १-१ गोलको बराबरीमा रोकिएको छ  । अस्ट्रियाको साल्जबर्गस्थित रेडबुल एरिनामा बिहीवार बिहान भएको खेलमा भ्रमणकारी टोली बायर्न अंक बाढ्न बाध्य भयो  । यद्यपि, अवे गोलको फाइदा भने उठायो । 

खेलको २१औं मिनेट घरेलु टोली साल्जबर्गका चुकवुबुइके एडामले गोल गर्दै अग्रता बनाए  । तर किङ्स्ले कोमानले ९०औं मिनेटमा गोल गर्दै बायर्नको हारबाट उद्दार गरे  ।

अब दोस्रो लेगका लागि बायर्नले साल्जबर्गलाई २२ मार्चमा आतिथ्य गर्नेछ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर