•  ७ जेष्ठ २०८१, सोमबार
  •  11:57:58 AM

युनाइटेड रोकिदा एभर्टनको सहज जित

- फाल्गुन १, २०७८ मा प्रकाशित


काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलको शनिबारका खेलमा महारथी क्लब म्यानचेस्टर युनाइटेड रोकिदा एभर्टनले भने  सहज जित निकालेको छ। घरेलु मैदानमा युनाइटेडले साउथह्याम्पटनसंग १-१ अन्तरको बराबरीमा रोकियो ।  युनाइटेडले अग्रता जोगाउन नसक्दा अंक बाढ्यो । 

२१औं मिनेटमा जाडोन सान्चोको गोलमा युनाइटेडले अग्रता बनायो । ४८औं मिनेटमा चेन एडाम्सले गोल गर्दै खेल बराबरीमा ल्याए । 

बराबरी पछि युनाइटेड २४ खेलबाट ४० अंक सहित पाचौं स्थानमा छ । समान खेलबाट २९ अंक बनाएको साउथह्याम्पटन १०औं स्थानमा छ ।

यता, एभर्टनले सहज जित निकाल्ने क्रममा  लिड्स युनाईटेडलाई ३-० गोल अन्तरले हरायो । घरेलु मैदानमा सिमुस कोलम्यान, माइकल किन र एन्थोनी गोर्डोनले एक एक गोल गरे ।

यस जितसँगै एभर्टन २२ खेलमा २२ अंक जोड्दै १६ औं स्थानमा  छ । लिड्स २३ अंक जोडेर १५ औं स्थानमा  छ ।

अन्य खेलमा ब्राइटनले वाट्फोर्डलाई २-० ले हराउदा  ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले । यता शीर्ष स्थानको म्यानचेस्टर सिटीले नर्विचलाई ४-० अन्तरले पराजित गर्यो । -न्युज कारखाना

Comments

सम्बन्धित खवर