राखेपकाे कार्यकारी अधिकार पाएकाे तीन दिनमै सरुवा
- माघ २९, २०७८ मा प्रकाशित
काठमाडाैं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकार पाएका सहसचिव कमलप्रसाद पाेखरेलकाे तीन दिनमै सरुवा भएकाे छ ।
राखेप सदस्यसचिवको अनुपस्थितिमा युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने २४ माघकाे निर्णय अनुसार पाेखरेलले २६ माघमा राखेपकाे कार्यकारी अधिकार पाएका थिए ।
तर, खेलकुद महाशाखा प्रमुख रहेका पाेखरेलले राखेपकाे कार्यकारी अधिकारसमेत पाएकाे तीन दिनमै २८ माघमा सरुवा भएकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनकाे सरुवा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गरेकाे हाे ।
खेलकुद मन्त्रालयमा सहसचिव विदुरप्रसाद खनालकाे सरुवा भएकाे छ । पाेखरेलकाे सरुवा भएपछि खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राखेपकाे कार्यकारी अधिकारकाे जिम्मेवारी ताेकिसकेका छैनन् ।
राखेप सदस्यसचिवविहीन हुँदा आर्थिक र प्रशासनिक काम ठप्प भएर तलब पनि खुवाउन नमिल्ने बनेपछि मन्त्रिपरिषद्ले बाधा अडकाउ फुकाउ जारी गरेकाे थियाे ।
राखेप दुई महिनादेखि सदस्यसचिव विहीन छ । सरकारले १ कात्तिकमा रमेशकुमार सिलवाललाई सदस्यसचिव पदबाट बर्खास्त गरेर टंकलाल घिसिङलाई नयाँ सदस्यसचिवका रूपमा नियुक्त गरेको थियो ।
तर, सिलवालले सर्वोच्च अदालत पुगेपछि सरकारको पछिल्लो निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी भएको छ । अदालतले सिलवालको पदमुक्तिको निर्णय र घिसिङलाई नयाँ सदस्यसचिव नियुक्त गर्ने निर्णय यथास्थितिमा राख्न भनेको थियो । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments