•  ६ जेष्ठ २०८१, आईतवार
  •  11:45:54 PM

लेखा र राजस्व समूहका १६ जना उपसचिवमा बढुवा

- माघ २८, २०७८ मा प्रकाशित


काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहका १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिको बिहीबारको बैठकले कार्यक्षमताका आधारमा लेखाका १२ र राजस्वका ४ गरी १६ जनालाई बढुवा सिफारिस गरेको हो । 

समितिले लेखा समूहका भाष्कर शर्मा नेपाल, यादवप्रसाद न्यौपाने, तुकमान पुनमगर, अशोककुमार गिरी, छविन्द्र बेल्वासे, विष्णुप्रसाद ज्ञवाली, चन्द्रबहादुर सुवेदी, दीपबहादुर थापा, यज्ञराज उप्रेति, होमप्रसाद खतिवडा, चेतराज जोशी र ताराप्रसाद पोखरेललाई बढुवा सिफारिस गरेको हो ।

राजस्व समूहका शोभाकर खनाल, लक्ष्मीकुमार रिमाल, युवराज बस्नेत र सुजितकुमार सिंह पनि बढुवामा परेका छन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर