•  ६ जेष्ठ २०८१, आईतवार
  •  11:27:26 PM

सुनको मूल्य पाँच सयले बढ्यो

- माघ २७, २०७८ मा प्रकाशित


काठमाडौँ: नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मुल्य भने स्थिर रहेकोे छ । बुधबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही भाउ कायम भएकाे महासंघले जनाएकाे छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर