लमजुङमा विद्युतको ३ करोड बक्यौता असुल्न बाँकी
- माघ २७, २०७८ मा प्रकाशित
लमजुङ: लमजुङमा विद्युत महसुलको तीन करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाको दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको एक करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ । जिल्लामा उपभोक्ता समितिले बिजुली वितरण गर्दै आएको छ । समितिले लमजुङ र तनहुँको केही भागमा गरी करिब ३० हजार सेवाग्राहीलाई बिजुली उपलब्ध गराएको छ ।
नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङका अनुसार पश्चिम विद्युत उपभोक्ता समितिले ०७२ सालसम्म २८ लाख बक्यौता तिर्न बाँकी थियो । त्यसयता समितिले बक्यौता तिरेको छैन । ‘दुई पटक पत्राचार गरिसकेका छौं, बक्यौता तिर्न मानेको छैन,’ उनले भनिन् । लमजुङ विद्युत उपभोक्ता समितिले गत वर्षदेखि बक्यौता तिर्न थालेको हो ।
संस्थाले शुरुआतमा ३२ लाख, दोस्रो पटक २५ लाख तथा पछिल्लो समय सात लाख रुपैयाँ बक्यौता तिरेको गुरुङले जानकारी दिइन् । २०७२ सालमा लमजुङ वितरण केन्द्र स्थापना भएको हो । स्थापनाताका लमजुङ विद्युत उपभोक्ता संस्थाले तीन करोड १२ लाख र पश्चिम विद्युत उपभोक्ता समितिले २८ लाख बक्यौता तिर्न बाँकी थियो । -न्युज कारखाना
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
लोकप्रिय जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
लोकप्रिय जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
लोकप्रिय जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
ताजा जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
Comments