•  ६ जेष्ठ २०८१, आईतवार
  •  2:24:50 AM

सुनको मूल्य तोलामा तीन सयले बढ्यो

- माघ २६, २०७८ मा प्रकाशित


काठमाडौँः नेपाली बजारमा बुधबार सुनकाे मूल्य सामान्य बढेकाे छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपैयाँ  कायम भएको महासंघले जनाएकाे छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर