जो १४ महिनादेखि आइसोलेसनमा छन्
- माघ २६, २०७८ मा प्रकाशित
अंकारा: टर्कीका एक पुरुष कोभिडकै कारण १४ महिना आइसोलेसनमा बिताएका छन । सन् २०२० को नोभेम्बरमा पहिलो पटक कोभिड पोजेटिभ भएका उनलाई पटक पटक गरी ७८ पटक संक्रमण भएको छ ।
५६ वर्षीय मुजाफ्फर कायसन विगत एक वर्षदेखि आफ्नो घर र अस्पतालमा सीमित छन् । उनी पहिल्यकै अवस्थामा फर्किन चाहन्छन् ।
सन् २०२० को नोभेम्बरमा कोभिड भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला उनमा कोभिडको खराब लक्षण देखिएको थियो । भाइरस उनको स्वास्थ्य प्रणालीमा नै रहेको थियो । पहिलो पटक पोजेटिभ देखिएपछि गरेका हरेक परीक्षणमा पोजेटिभ देखिएको थियो, जसका कारण उनी अस्पताल वा घरमै आइसोलेसनमा बस्न बाध्य भएका थिए ।
कायसन ल्युकेमियाका बिरामी हुन् । चिकित्सकहरुका अनुसार रोग प्रतिरोध क्षमता कमजोर भएकोले लामो समयसम्म उनको शरीररमा कोभिडको लक्षण देखिएको हो । उनको प्रतिरक्षा प्रणालीमा सुधार गर्न चकित्सकले उनलाई औषधि खान सुझाव दिँदै आएका छन् । तर, सो पक्रिया लामो र जटिल भएको बताइएको छ ।
लामो समय एक्लै बस्दा उनको सामाजिक जीवन अस्तव्यस्त बनेको छ । उनी साथीभाईसँग बसेर बोल्न पाएका छैनन् । उनले आफ्नो छोरा र नातिनातिनालाई झ्यालबाट मात्र हेर्छन् । उनकी पत्नि र कान्छा छोरा मात्र उनीसँग बस्छन् ।
मेरा प्रियजनहरुलाई छुन नपाउनुबाहेक मलाई कुनै समस्या छैन् । मेरो स्वास्थ्य समस्याका कारण खोप लगाउन पाएको छैन,’ कायसनले समाचार संस्था अनादोलुलाई भने । -एजेन्सी
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
लोकप्रिय जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
लोकप्रिय जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
लोकप्रिय जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
ताजा जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
Comments