•  ६ जेष्ठ २०८१, आईतवार
  •  10:50:07 PM

हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि दरखास्त खुल्याे

- माघ २६, २०७८ मा प्रकाशित


काठमाडौं: सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेकाे छ ।

डेढ महिनादेखि महाप्रबन्धक रिक्त रहेपछि उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी योग्यता पुगेका इच्छुक उमेद्‍वाररसँग दरखास्त माग गरेको हाे ।

३५ वर्ष उमेर पुगेर ६५ वपर्ष ननाघेका तथा स्नातकोत्तर उत्तीर्णले २१ दिनभित्र महाप्रबन्धकमा आवेदन दिन पाउने छन् ।

उमेद्‍वारसँग कम्पनीमा कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा अधिकृतस्तरको पदमा पाँच वर्ष काम गरेको अनुभव हुनु पर्नेछ। -न्युज कारखाना

Comments

सम्बन्धित खवर