•  ६ जेष्ठ २०८१, आईतवार
  •  10:53:33 PM

सुनकाे मूल्य तोलामा पाँच सयले बढ्यो

- माघ २५, २०७८ मा प्रकाशित


काठमाडौँ: मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ताेलामा पाँच सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ  । सोमबार एक हजार २५५ रुपैँयामा कारोबार भएको चाँदी मंगलबार  प्रतितोलामा एक हजार २६० रुपैयाँ  निर्धारण भएको छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर