•  ६ जेष्ठ २०८१, आईतवार
  •  12:34:39 AM

पहिरोका कारण अवरुद्ध मेची राजमार्ग चार महिनापछि सुचारु

- माघ २५, २०७८ मा प्रकाशित


इटहरीः पहिरोका कारण चार महिनायता अवरुद्ध रहेको मेची राजमार्गको अवरोध हटेपछि आवागमन सुचारु भएको छ । इलामस्थित धोबीधारा नजिकैको सडकको मर्मतपछि सोमबार साँझबाट आवागमन सहज भएको हो । यद्धपि, सडक कालोपत्रे भइनसकेकाले एकतर्फी रुपमा मात्र सवारी आवागमनको प्रबन्ध गरिएको छ ।

तत्कालका लागि मालवाहक सवारी एकतर्फी रूपमा मात्र सञ्चालन हुने गरी सडक निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार जोखिम कायमै रहेकाले दिउँसो मात्र सञ्चालन गर्न सहज हुनेछ ।

मेची राजमार्गमा पहिरोका कारण सडक झरेपछि ताप्लेजुङ, पाँचथरलगायतबाट इलाम हुँदै झापा तथा काठमाडौँसम्म सञ्चालन हुने साना तथा ठूला सवारी इलाम बजार भएर नै गुड्ने गरेका थिए । अब भने इलाम बजारको जामसमेत हट्ने भएको छ । गत असोज १६ गतेदेखि सडक अवरुद्ध भएको थियो ।

Comments

सम्बन्धित खवर