•  ६ जेष्ठ २०८१, आईतवार
  •  4:00:14 AM

उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता

- माघ २४, २०७८ मा प्रकाशित


लमजुङ: जिल्ला अस्पतालमा एक्स-रेसमेत नहुँदा मनाङवासीले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । 

मनाङमा रहेको एक मात्र जिल्ला अस्पतालमा एक्स-रे, भिडियो एक्स-रे लगायतका प्राविधिक सेवा उपलब्ध नहुँदा महँगाे भाडा तिरेर उपचारका लागि बिरामी पोखरा काठमाडाैं जानुपरेको छ ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले मनाङबासी बिरामी परेमा हेलिकप्टरकै भरपर्नुपर्ने बाध्यता रहेकाे बताए । 

स्वास्थ्य कार्यालय मनाङले प्रदेश, संघ र स्थानीय सरकार समक्ष समस्या समाधानका लागि पहल गरिरहेको उनले बताए । -न्युज कारखाना

Comments

सम्बन्धित खवर