हिउँदे वर्षाका कारण सिरहामा १५ करोड बराबरको काँचो इँटा नष्ट
- माघ २२, २०७८ मा प्रकाशित
सिरहा: बिहीबारदेखि परेको वर्षाका कारण सिरहामा १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा नष्ट भएको छ । साथै पाँच करोडभन्दाको पकाउन ठिक्क परेको इँटा पनि गलेको छ ।
इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहका अनुसार बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेका छन् । सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा तयारी अवस्थामा राखिएको पाँच करोडभन्दा बढीका इँटा पूर्णरुपमा नष्ट भएको उनले बताए । उनले आफ्नै उद्योगमा मात्रै ४५ लाखभन्दा बढीको इँटा गलेको बताए ।
संघका कोषाध्यक्ष रामसगुन यादवले पनि पकाउनका लागि तयारी अवस्थामा राखिएका सबै काँचो इँटामा गलेको जानकारी दिए । उनका अनुसार हरेक उद्योगका पाँच देखि १५ लाख वटासम्म इँटा गलेर नष्ट भएका छन् । उनले आफ्नै उद्योगमा समेत आठ लाखभन्दा बढी इँटा काम नलाग्ने गरी गलेको सुनाए ।
हिउँदे वर्षाले सबैभन्दा धेरै गोलबाजर क्षेत्रका इँटा उद्योगमा क्षति पुगेको छ । उद्योगबाट निस्कदा एउटा ईटालाई कतिर तीन रुपैयाँ पर्ने व्यसायीहरूले बताएका छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
लोकप्रिय जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
लोकप्रिय जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
लोकप्रिय जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा जेष्ठ ७, २०८१Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
-
ताजा जेष्ठ ६, २०८१такие Популярные Слоты же Игры Для Онлайн-казино > > Играйте Бесплатно
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
Comments